हिजो महाअभियोग लगाउने पात्र देउवा र प्रचण्ड थिए, अहिले नेपाल थपिए : लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले योजनावद्धरूपमा प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् । सत्तारुढ दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद् सचिवालयमा प्रधानन्यायाधीविरुद्ध महाभियोग दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘स्थानीय तह चुनाव घोषणा भएपछि ५ वर्ष अघि पनि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएको थियो, आज चोलेन्द्र सम्सेरविरुद्ध,’ लिङ्देनले ट्वीटरमा लेखेका छन्, ‘फरक यत्ती भो कि हिजो महाअभियोग लगाउने पात्र शेरवहादुर देउवा र प्रचण्ड थिए अहिले माधव नेपाल थपिए ।’
राप्रपा अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले योजनाबद्ध रुपमा महाभियोग दर्ता गरेको बताएका छन् । ‘देश जोगाउन सबै सचेत बनौं,’ उनले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया