पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए जबरा

काठमाडौँ - आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो ।
संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन् । महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया