बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्नुको कारण एमसीसी होइन’

फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबरामाथि महाअभियोग दर्ता हुनुको कारण एमसीसी नभएको बताएकी छन् । पत्रकारसँग कुरा गर्दै उनले राणामाथि महाअभियोग दर्ता हुनुको कारण अहिले चर्किरहेको एमसीसी विवाद नभएको बताएकी हुन् ।

पहिलेदेखि नै यस विषयमा सांसदहरुबीचमा कुरा भइरहेको र न्यायालयलाई सुधार गर्ने विषयमा प्रधानन्यायाधीश जबरा नै जिम्मेवार रहेकाले महाअभियोेग लगाउनुपरेको उनको भनाइ छ ।

‘न्यायालयमा पहिलेदेखि नै समस्या थियो । यो विषयमा हामीहरुबीचमा छलफल भइरहेको थियो,’ उनले भनिन्, ‘अहिले दर्ता भएका कारण यो एमसीसीको कारण हो कि भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदा यो एमसीसीका कारण दर्ता भएको होइन ।'