पोग्बाको गोलले म्यानचेष्टर युनाईटेड शीर्ष स्थानमा

काठमाडौं : झण्डै ८ बर्षपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । मंगलबार राति बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड पहिलोपटक लिगको शीर्ष स्थानमा पुगेको हो ।
बर्नलीको मैदानमा भएको खेलमा म्यान्युलाई शीर्ष स्थानमा पुर्याउन पउल पोग्बाले महत्वपूर्ण गोल गरे । खेलको ७१ औँ मिनेटमा पोग्बाले गरेको भली गोलबाट युनाईटेडको जित सुनिश्चित भएको थियो ।
पोग्बालाई मार्कुस रसफोर्डले पास दिएका थिए । जितपछि लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको म्यान्चेष्टर युनाईटेडको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक छ ।
प्रिमियर लिगमा मंगलबार राति भएका अरु खेलमा एभर्टन र शेफिल्ड युनाइटेड विजयी भएका छन् । एभर्टनले वुल्भ्सलाई २-१ र शेफिल्ड युनाईटेडले न्युक्यासललाई १-० गोल अन्तरले पराजित गरेका हुन् । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया