एमालेले कारबाही गरेका १४ सांसदको पेशी प्रधानन्यायाधीशको इजलासमा थिएन, कसले चलायो हल्ला ?

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा ९८ सांसदले हस्ताक्षर गरी महाअभियोग प्रस्ताव दर्ता गराएपछि अचानक सनसनी फैलियो । नेकपा एमालेका १४ सांसदलाई कारबाहीको मुद्दाको पेशी प्रधानन्यायाधीश राणाको इजलासमा रहेका कारण अनपेक्षित फैसलाको डरले सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरायो ।
यद्यपि, यो मुद्दाको पेशी न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा रहेको थियो । मुद्दाको पेशी तोक्ने काममा गोलाप्रथा अबलम्बन गरिएपछि प्रधानन्यायाधीश राणाको अदालतमा कुनै भूमिका थिएन । उनले काम गर्न छाडेको तीन महिनाभन्दा धेरै भैसकेका थियो ।
महाअभियोग दर्तापछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीशले अदालतको समस्या समाधान गर्न नसकेकाले महाअभियोगको निर्णयमा पुगेको बताएका छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया