नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा ५२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ११ लाख नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट ५३ लाख ४० हजार १८६ र एन्टीजेन विधिबाट १० लाख १७ हजार २४८ गरी कूल ६३ लाख ५७ हजार ४३४ जनाको कोरोना परिक्षण गरिएको छ ।
विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया