बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ
लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले बेसीसहर नगरपालिका-३ गाउँसहरका वर्ष ६० वर्षीय गणेशबहादुर गोतामेलाई पक्राउ गरेको हो ।
काठमाडौंमा लुकीछिपी बस्दै आएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले खोजतलास गर्दा माघ २८ गते गोतामेलाई काठमाडौंको तार्केश्वर नगरपालिका-९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०७८ वैशाख १२ गते निज गणेश गोतामेविरुद्धमा उच्च अदालत पाटनबाट मुद्दा फैसला भएको थियो । उनलाई पाँच लाख जरिवानासहित दुई दिन कैद फैसला भएको थियो । उक्त कैद तथा जरिवाना असुल गर्नका लागि लमजुङ प्रहरीले गोतामेलाई आइतबार जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया