एमाले सचिवालय बैठकपछि महासचिव पोखरेलले के भने ?

काठमाडौं - नेकपा एमालेले सर्वोच्चमा विचाराधीन कतिपय मुद्दा प्रभावित गर्ने गरि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव आएको निष्कर्ष निकालेको छ। उसले सर्वोच्चलाई सत्ताको निर्देशन बमोजम चल्ने निरीह बनाउन खोज्ने काम गठबन्धनले गरेको आरोप लगाएको छ ।
आइतबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले राणाविरुद्ध आकस्मिक षड्यन्त्रपूर्वक तरिकाले महाभियोग प्रस्ताव आएको एमाले महासचिव शंकर पोखरलले बाए ।
'सचिवालय बैठकले अत्यन्त गम्भीर षडयन्त्रपूर्क कदमको रुपमा महाभियोग दर्तालाई लिएको छ, यो अदालताथिमात्र नभइ लोकतन्त्रमाथीको प्रहार, सार्वभौम सत्तामाथिको प्रहार भएको निष्कर्ष छ ।' उनले यो प्रस्ताव एमाले जनताको दबाबमा घोषणा भएको स्थानीय चुनाव धकेल्ने प्रयास स्वरुप आएको हुन सक्ने उनले बताए ।
यसले सत्तापक्ष र प्रतिपक्षबीच सुरु भएको छलफल समेत विथोलिने उनले बताए । राजनीतिक प्रणालीलाई अस्थिर बनाउने उदेश्य अन्तर्गत यो कदम अधि बढाइएकाले एमालेले गम्भीर ढंगले यसको प्रतिवाद गर्ने उनको भनाइ थियो । एमालेले यसै अनुसार निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको उनले जानकारी दिए । एमाले संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया