कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते पुनः बस्ने

काठमाडाै - नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते बस्ने गरी सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो ।
बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था, अमेरिकी सहयोग एमसीसी, हुन बाँकी जिल्ला अधिवेशन सम्पन्न गर्ने सम्बन्धमा तथा स्थानीय निकायको आसन्न निर्वाचनलगायत विषयमा सदस्यले आआफ्नो धारणा राखेका बैठकमा सहभागी पार्टीकी केन्द्रीय सदस्य एवं महिला, बालबालिका एवं ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन्।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, एनपी साउदलगायतले आ–आफ्नो धारणा राखेका थिए।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया