एम्पाएरसँग जोडिए अनमोल

काठमाडौँ- अभिनेता अनमोल केसी एम्पाएर इन्टरनेसनल एजुकेसन एन्ड भिजा सर्भिसेससँग जोडिएका छन् । एक वर्षको लागि अनुबन्धित भएका अनमोलले फोटोसुट, टिभीसी (टेलिभिजन कमर्सियल )सँगै एम्पाएरले गर्ने विभिन्न सचेतनामूलक शैक्षिक कार्यक्रममा सहभागी हुनेछन् । उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सही सूचना पुर्याउने छन् ।
अनमोलले एम्पाएरको लागि फोटोसुटसँगै केही दिन अगाडि मात्र टिभीसी सुट गरिसकेका छन् । उनको टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको सञ्चारकर्मी तथा निर्देशक कुवेर डंगोलले बताए । केही समय अगाडि डंगोलसँगै फोटोसुट सम्पन्न गरेका अनमोलले टिभीसीको काम पनि सकाएका हुन् ।
’हामीले टिभीएडको लागि २५ सेकेण्ड लम्बाई रहेको भिडियो तयार पारेका छौँ । यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो सन्देश छोडिएको छ ’ निर्देशक डंगोलले भने । टिभीसीमा अनमोललाई क्याजुअल लुक्समै सरल तरिकाले प्रस्तुत गरिएको छ ।
एम्पाएरले विद्यार्थीलाई दिँदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी तयार गरिएको निर्देशक डंगोलले जनाए । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर करेक्सन रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया