सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नजाने भएको छ । एमाले नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने जानकारी दिए । उनका अनुसार आज बस्ने एमाले संसदीय दलको बैठकले यसबारे निर्णय गर्नेछ ।
'सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले जाँदैन,' उनले भने,' सभामुखप्रति हाम्रो असहमति छँदैछ । सभामुखलाई नै महाअभियोग लाउनुपर्छ भन्नेमा हामी छौँ । दोस्रो कुरा जुन हिसाबले महाअभियोग आयो त्यमा पनि हाम्रो असहमति छ ।' प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
एमालेले अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । आजको संसदीय दलको बैठकमा उक्त विषयमा छलफल हुने एमालेका एक नेताले बताए । उनका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया