माइकलको गोलले एभर्टन शीर्ष चारमा

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वुल्भ्सलाई हराएको छ । मंगलबार राती भएको खेलमा कार्लो एन्सेलोट्टीको टिमले वुल्भ्समाथि २-१ गोल अन्तरको संघर्षपूर्ण जित हात पारेको हो ।
७७ औंँ मिनेटमा माइकल किनले गरेको गोलबाट एभर्टनको जित सम्भव भएको हो । आन्द्रे गोमेजको पासमा माइकलले गोल गरेका थिए । खेल शुरु भएको ६ मिनेटमै इओबीले गोल गर्दै एभर्टनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
१४ औँ मिनेटमा वुल्भ्सका नेभासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा माइकलले गोल गरेपछि एभर्टन शीर्ष चारमा पुग्न सफल भएको हो । जितपछि एभर्टनको १७ खेलबाट ३२ अंक भएको छ । गएका बर्षमा शीर्ष चारमा पर्न असफल हुँदै आएको एभर्टन यसपटक कम्तीमा च्याम्पियन्स लिग खेल्ने उद्धेश्यसहित आक्रामक रुपमा खेलिरहेको छ ।
यसका लागि एन्सेलोट्टीको टिमले रियल मड्रिडबाट जेम्स रोड्रिग्वेजलाई भित्र्याएको छ । समान अंक भएपनि गोल अन्तरका आधारमा लेस्टर सिटी तेस्रो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ३३ अंक छ भने शीर्ष स्थानमा पुगेको म्यानचेष्टर युनाईटेडको ३६ अंक छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया