लागूऔषधसहित पक्राउ

कठमाडौं–सिन्धुलीस्थित कमलामाई नगरपालिका–४ स्थितबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन्।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ ओख्लेका कालुबहादुर ब्लोन र १९ वर्षीय कृष्णबहादुर ब्लोन रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका–७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाईसमेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ ।
त्यस्तै, कास्की, पोखरा महानगरपालिका–१७ राममन्दिर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित सोही ठाउँका प्रश्न भण्डारीसमेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया