बेलायतमा एक नेपालीको हत्या

काठमाडौं : बेलायतमा एक जना नेपालीको हत्या भएको छ । लण्डनको इस्टकोट रेल स्टेशन अगाडि बेलायती युवकले कुटपिट गर्दा काठमाडौं घर भएका ४० बर्षीय विक्रम केसीको हत्या भएको हो ।
एनआरएन यूके सदस्य सरस्वती केसीका अनुसार २१ वर्षीय बेलायती युवकले सामान्य विवादकै क्रममा केसीमाथि कुटपिट गरेका थिए । कुटपिटबाटै उनको मृत्यु भएको बताइएको छ ।
सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किने क्रममा केसी राती अबेरसम्म घर नपुगेपछि सोधखोज गर्दा रेल स्टेशन अगाडी हत्या भएको अवस्थामा शव भेटिएको थियो । बेलायतमा श्रीमतिसँगै बस्दै आएका केसीको हत्या भएपनि कुटपिट हुनुको कारण खुलेको छैन् ।
कुटपिट गर्ने २१ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान शुरु गरेको छ । सन् २००७ मा लण्डन पुगेका केसी विभिन्न रेष्टुरेन्टमा काम गर्दै आएका थिए ।

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

प्रतिक्रिया