जाजरकोटकी दुलही बनिन् रेखा थापा

काठमाडौं–अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् । उनले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । एक वर्षदेखि चिनजानका दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् ।
रेखाले दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् । ‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मन मिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निर्णय गरेका हौँ । यसलाई जीवन प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु’ रेखाले इकागजसँगको कुराकानीमा भनिन् । भर्खरै विवाह बन्धनमा बाँधिएका रेखा र बलराम शाहीबीच दुई वर्षको उमेर अन्तर छ । बलराम शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।
बलराम शाही इजरायलमा बसोबास गरिरहेका छन् । उनी पर्यटन व्यवसायी हुन् ।
रेखाको पहिलो विवाह चलचित्र निर्माता छविराज ओझासँग भएको थियो । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । रेखाले केही समय पहिलेदेखि विवाहको मुडमा रहेको संकेत गर्ने गरेकी थिइन् । तर कोसँग विवाह गर्न लागेको भन्ने गोप्य राख्दै आएकी थिइन् । अभिनेत्रीको रुपमा हिरो फिल्मबाट करिअर सुरु गरेकी उनले करिब सय बढी फिल्ममा अभिनय गरेकी छिन् । राप्रपा पार्टीसँग आबद्ध रेखा हालसालै महामन्त्रीमा पराजित भएकी थिइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया