धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टि-२० प्रतियोगिता सुरु

कैलाली – कैलालीको धनगढीमा सोमबारदेखि अन्डर-१९ विद्यालय स्तरीय धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टि-२० प्रतियोगिताको छैठौं संस्करण सुरु भएको छ। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्याे ।
खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पुरै २० ओभर ब्याटिङ्ग गरेता पनि ८ विकेट क्षतिमा १२४ रन मात्र बनाउन सफल भयाे ।
लिटल फ्लावरको ब्याटिङ्गमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ४५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका बलर निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान एक विकेट लिए। यस अघि टस जितेर ब्याटिङ्ग गरेको सत्यजित एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १९७ रन बनाएको थियो।
सत्यवती एकेडेमीको लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए जुन क्रममा २९ बलमा २ चौका र ७ छक्का प्रहार गरे। यस्तै सन्तोष कार्कीले ३३ रन, खगेन्द्र जोशीले ३२ रन तथा आदील अन्सारीले ३० रन योगदान दिए। लिटल फ्लावरका बलर प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए।
प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। बिहान ९:३० बजे हुने पहिलो खेलमा होलिल्याण्ड इंगलिश बोर्डिंग स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो १:३० बजे गुरुकुल इंगलिश मिडियम स्कुल र स्टेपिंग इंगलिश स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया