नेपालले हारे पनि उत्कृष्ट बने दीपेन्द्र
काठमाडौँ : ओमानमा जारी चारदेशीय टी–ट्वान्टी क्रिकेट श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल सोमबार आयरल्याण्डसँग पराजित भयो । सामान्य लक्ष्य पछ्याएको नेपालले असामान्य हार व्यहोर्यो । तर नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएपनि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी भने खेलकै उत्कृष्ट खेलाडी घोषित भए ।
पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रन मात्रै बनाउन सकेको थियो । अनुभवी भएपनि आयरल्याण्डको ब्याटिङ ध्वस्त पार्न नेपालका अलराउण्डर तथा स्पिनर ऐरीले ४ विकेट लिए ।
चार ओभर बलिङ गरेका उनले २१ रन दिएर ४ विकेट लिएका हुन् । छैटौ बलरका रुपमा स्पिन बल फ्याकेका ऐरीले धमाधम विकेट लिएपछि आयरल्याण्डको ब्याटिङ ध्वस्त भएको थियो । ऐरीले आयरल्याण्डका कर्टिस क्याम्फेरलाई २०, शेन गेटकेटलाई १४, लुकान टर्करलाई १५ र सिमी सिंहलाई १ रनमा आउट गरेका थिए । लगातार विकेट लिएर उनले आयरल्याण्डको ब्याटिङ अस्तव्यस्त पारिदिएका थिए ।
जसकारण आयरल्याण्डले विशाल योगफल बनाउन पाएन । नेपालले आयरल्याण्डलाई १२७ रनमै रोक्यो । १२८ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गर्दा पनि दीपेन्द्रसिंह ऐरीले नै सर्वाधिक २८ रन जोडेका थिए । उनी आउट भएपछि नै नेपालले सामान्य लक्ष्य पनि भेटाउन नसकेको तथ्य लुकेको छैन । आयरल्याण्डविरुद्ध नेपालले ९ विकेट गुमाएर १११ रन मात्रै बनाउन सक्यो ।
यसअघि ओमानसँगको पहिलो खेलमा दीपेन्द्रले नटआउट ७३ रन बनाएका थिए । उनकै योगदानले नेपालले पहिलो खेलमा ६ विकेटको जित हात पारेको थियो । दोस्रो खेलमा नेपाल युएईसँग पराजित भयो । १९४ रनको लक्ष्य पछ्याएको नेपालले १६७ रन बनाएपनि लक्ष्य भेट्टाउन असफल रह्यो । दोस्रो खेलमा पनि ऐरीले सर्वाधिक ४३ रन जोडेका थिए ।
तेस्रो खेलमा पनि ऐरीले टिमका लागि सर्वाधिक २८ रन बनाए । ओपनर कुशल भुर्तेलले १५ र आसिफ शेखरले २३ रन बनाउनुबाहेक अरु ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । सोमबार आयरल्याण्डविरुद्ध ऐरी टिकेको भए नेपालले सजिलै जित हात पार्ने थियो । ऐरीको विकेट गएपछि नेपाल जित्न सक्ने खेलमा पनि पराजित हुन पुग्यो ।
बलिङमा ४ विकेट लिएका ऐरीले ब्याटिङमा पनि टिमका लागि सर्वाधिक २८ रन बनाएपछि खेलको उत्कृष्ट खेलाडी घोषित बनेका हुन् । सामान्यतया खेलमा जितेको टिमको खेलाडीलाई योगदान दिएबापत प्लेयर अफ द म्याचको ट्रफी दिने गरिन्छ ।
तर टिमले हार व्यहोरेपनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आयोजकले विरलै प्लेयर अफ द म्याचको सम्मान दिने गर्छ । चार देशीय श्रृङ्खलाका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका ऐरीले सोमबार पाएको प्लेयर अफ द म्याचको सम्मान त्यसमध्येको एक दुर्लभ सफलता हो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया