स्थानीय तहको निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ : एमाले उपाध्यक्ष पौडेल
भैरहवा- नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारको अनुभुति नै गर्न नपाएको टिप्पणी गरेका छन् ।
एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारको अनुभुति गरे पनि तर अहिलेको सरकार छ-छैन भनेर जनताले अनुभुति नै गर्न नपाएको बताए ।
'गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,' उनले भने । सरकारले देशलाई आर्थिक संकटमा पुर्याएको दाबी गर्दै उनले भने- देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेको छ । पुजीगत खर्च हुन सकेको छैन ।'
स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरुले कोसिस गरिरहेको उनले बताए । 'यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने बताए ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया