हुस्सुले आन्तरिक उडान प्रभावित

काठमाडौं : हुस्सुका कारण हवाई उडान प्रभावित भएका छन् । बिहानैदेखि लागेको हुस्सुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान केही दिन यतादेखि प्रभावित भइरहेका हुन् । खासगरी हुस्सुले गर्दा तराईका जनकपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीतर्फका आन्तरिक उडान प्रभावित भएका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौंको मौसम सामान्य रहेपनि तराईका विमानस्थलमा बाक्लो हुस्सुका कारण उडान तथा अवतरण प्रभावित भएका हुन् । सोमबारदेखि बुधबारसम्मै आन्तरिक उडान तथा अवतरण प्रभावित भएका कार्यालयको भनाई छ ।
मौसम प्रतिकुलताका कारण वायु सेवा कम्पनीसँगै यात्रुले पनि सास्ती झेलेका छन् । हुस्सुका कारण दैनिक दर्जनौ आन्तरिक उडान रद्द हुँदा यात्रु विमानस्थलमै अलपत्र पर्ने गरेका छन् । बिहानको मौसम प्रतिकूल भएपनि अन्तराष्ट्रिय उडान भने नियमित भइरहेका विमानस्थल कार्यालयले जनाएको छ ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया