माओवादी केन्द्रीय समिति ८ फागुनबाट, पदाधिकारी चयन गर्ला ?

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक ८ फागुनबाट सुरु हुने भएको छ ।
गत आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक ८–९ फागुनका लागि काठमाडौंमा बोलाइएको हो ।
उक्त बैठकमा समसमायिक राजनीतिक विषयदेखि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसहित विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची राखिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
गत २८ माघका लागि बोलाइएको बैठक स्थगित भएको १० दिन पछि माओवादीले केन्द्रीय समिति बैठक डाकिएको हो ।
गत मंसिर दोस्रो साता सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाललाई अध्यक्ष चयन गरेको भए पनि अन्य नेताको जिम्मेवारी अझै बाँडफाँट हुन सकेको छैन ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया