शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

फाइल फाेटाे

सुनसरी- सुनसरीको दुहबी नगरपालिका–८ जुटमिलमा सोमबार बेलुकी पिकअप जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय ५० बर्षीय रमेश लुहागुन रहेका छन् । विराटनगर स्थित बिराट नर्सिङ होममा उपचारको क्रममा मंगलबार बिहान सवा ३ बजे उनको मृत्यु भएको हो । 

ना १ ज ३० ५१ नम्बरको जिपले पैदलयात्री लुहागुनलाई सोमबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । 

ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् ।