कमलबिनायकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर- भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका थिए ।
दुवै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया