एकै ठाउँबाट कृषि, पशु र आयुर्वेद सेवा

रामपुर- पाल्पाको बगनासकाली गाउँपालिकाले एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा दिन थालेको छ । स्थानीयवासीलाई सहज सेवा प्रवाह गर्ने गरी पालिकाले एक भवनबाट सेवा दिन सुरु गरिएको हो ।
यहाँको वडा नं २ र ३ लाई पायक पर्ने गरी कृषि, पशु तथा आयुर्वेदको एकीकृत सेवा शुभारम्भ गरिएको छ । वडा नं ३ आर्यभञ्ज्याङस्थित यसअघि सेवा रोकिएको पशु सेवा केन्द्रको भवनबाट एकीकृत सेवा सञ्चालन गरिएको हो ।
विभिन्न स्थानमा कार्यालय धाउँदा नगारिकले सास्ती खेप्नुपर्ने भएको हुँदा त्यसलाई दृष्टिगत गर्दै एकै स्थानबाट सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए ।
उनले भने, 'गाउँपालिकाले कर्मचारी र सेवाग्राहीमा आवश्यक समन्वय गरी सेवालाई थप प्रभावकारी बनाउने गरी प्राविधिक उपलब्ध गराउनेछ, एकीकृत सेवाले महत्वपूर्ण टेवा पुग्ने विश्वासका साथ थालनी गरिएको छ ।' भौगोलिक कठिनाइका कारण विभिन्न स्थानमा रहेका कार्यालयमा सेवा लिन जाँदा आवतजावतमा नागरिकले झमेला भोग्दै आएका थिए । रासस

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया