एभरेस्ट एकेडेमी र अत्तरीया विजयी

कैलाली - धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ विद्यालय स्तरीय टी–ट्वान्टी प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरीया विजयी भएको छ ।
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य ७.५ ओभरमा भेट्टाउदै एभरेस्ट विजयी भएको हो । १ विकेट क्षतिमा एभरेस्टको ब्याटिङमा योगेश भाटले सर्वाधिक ४२ रन बनाए ।
उनले २८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै सन्दिप बिस्टले १२ रन बनाए । यस अघि टस जितेर ब्याटिंग गरेको होलिल्याण्डले १०.६ ओभरमा ६२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।
होलिल्याण्डको लागि सन्दिप औजीले १६ तथा अभिषेक पालले १२ रन जोडेका थिए । एभरेस्ट एकेडेमीका लेग स्पिनर कृष ऐरले सर्वाधिक ३ ओभरमा ११ रन मात्र खर्चेर ५ विकेट लिए ।
यस्तै गोविन्द बिस्टले दुई तथा दिपक रोकायाले एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृष ऐर घोषित भए । उनले दुई हजार रुपैयाँ नगद समेत प्राप्त गरे। आजको दोश्रो खेल गुरुकुल र स्टेपिङ स्टोनका बीचमा दिउँसो १:३० बजे हुने छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया