मन्त्री आलेको अश्लील अडियोको एकीकृत समाजवादीले छानबिन गर्ने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लील गालीले भरिएको अडियोको सत्यतथ्य जाँच गर्ने भएको छ ।
मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लील गाली गरेको अडियो मंगलबार बिहान सार्वजनिक भएको थियो । अडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लील गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए ।
‘जुन अडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’
पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने उनले बताए ।
अडियो–भिडियोको सत्यतथ्य बुझेपछि उनीमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने उनले जनाए । आले एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया