च्यासल र बीबीसी बराबर, दुवैलाई घाटा

काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगको एघारौं चरणको खेलमा रेलिगेशन क्षेत्रमा रहेका ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अंक बाँडेसँगै दुवै टोलीलाई घाटा भएको छ । दुवै टोली हाल रेलिगेशन जोनमा छन् ।
च्यासल ६ अंकसहित पुछारमा छ । बीबीसी भने एक स्थान माथि उक्लिएको छ । उसको ११ खेलबाट सात अंक छ ।
च्यासलका राजिव लोप्चाङ र विकास मेराग्लिया गोल गर्नबाट चुकेका थिए । यता, बीबीसीका भुवन बस्नेत, शिशिर लेखी, रोशन राना मगर गोल गर्नबाट टाढा रहे ।
यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्सलाई ३-३ गाेल अन्तरको बराबरी खेल्दै अंक बाँडे ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया