आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

फ्रेन्ड्स र जावलाखेलको बराबरी

काठमाडौं- सहरी प्रतिद्वन्द्वी फ्रेन्ड्सविरुद्ध ३-३ गोलको बराबरी भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ। पहिलो हाफमै ३-० को अग्रता बनाएको जावलाखेल अंक बाँड्न बाध्य भएको हो ।  

रेलिगेसन ब्याटल बराबरीसँग जावलाखेलले ११ खेलबाट १० अंकसहित ११औँ स्थानमा रह्यो। यता, फ्रेन्ड्स भने सात अंकसहित १३औँ स्थानमा झरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पहिलो हाफमै ३ गोल गरेको थियो। जावलाखेलको जितमा लोइक एमजीमी कोउआहिमले दुई गोल गर्दा रुपबहादुर लामाले एक गोल गरे। 

फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले एक गोल गर्दा जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे। यता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले। 

जारी लिगमा १० खेलबाट २६ अंकसहित मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ। लिगका पुछारका दुई क्लब भने दोस्रो डिभिजनमा घटुवा हुनेछ।