एमसीसी पास गर्न ढिलाइ गर्न हुँदैनः सुजाता कोइराला

काठमाडौँ - नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाइ गर्न नहुने बताएकी छिन् । उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताएकी हुन् ।
उनले अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने बताए । उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताए ।
नेतृ कोईरालाले भनिन्, ‘एमसीसी हामीले टेबुल गरेर पारित पनि गर्नुपर्छ । यो एउटा सहयोग हो । अनुदानलाई लिन्न भन्दा राम्रो देखिँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ । हाम्रो यति लामो समयदेखिको सम्बन्ध छ विभिन्न देशहरुसँग त्यो बिग्रिन्छ । त्यसले नेपाललाई धेरै नै क्षति पुर्याउँछ । त्यसैले अब यसलाई धेरै ढिलो गर्नुहुँदैन । यसमै बहस गरेर बस्नु पनि हुँदैन । हामीले एउटा निर्णय लिइसकेका छौँ । एमसीसी एउटा अनुदान हो र यसले नेपालका लागि दीर्घकालीन सहयोग पुर्याउँछ ।'
नेतृ कोईरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताइन् । उनले नेपाललाई एमसीसीले कब्जा गर्न नसक्ने पनि बताइन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया