कांग्रेसको निष्कर्ष : स्थिति भयावह हुँदैछ !

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपालमा कोभिड–१९ संक्रमणको भयावह स्थिति सिर्जना भइरहेको निष्कर्ष निकालेको छ । कांग्रेसको कोभिड—१९ अनुगमन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै संक्रमण दर अन्य देशहरुको तुलनामा नेपालमा अत्यन्त उच्च देखिएको प्रष्ट पारेको हो ।
कांग्रेस सह–महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको उक्त समितिले नेपालको संक्रमण दर २८.५ प्रतिशत पुगेको जनाएको छ । 'संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा नेपाली कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका वावजुद सरकार कोभिड—१९ संक्रमितको निःशुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट पन्छिदैछ', विज्ञप्तिमा भनिएको छ,'त्यसमाथि सरकारी अस्पतालहरुले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नु पर्ने सूचना जारी गर्दैछन् ।'
त्यस्तै सरकार जिम्मेवारी वहन गर्नुबाट कर्तव्यच्यूत भएकोसमेत कांग्रेसले जनाएको छ । जारी विज्ञप्ति अनुसार कोभिड—१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आम नागरिकहरुका लागि राहतको व्यवस्था गर्न पनि सरकारले गर्नुपर्छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया