१५८ सिटे न्यारोबडी जहाजमा एकजना यात्रु लिएर मलेसिया

काठमाडौं : नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले हिजो मंगलबार एक जना यात्रुलाई मलेसिया लिएर गएको छ ।
मलेसियाको क्वालालम्पुर उडेको आर ए ४१५ फ्लाइट नम्बरको उक्त जहाजमा १५८ जना यात्रु बोक्ने क्षमता छ । यो जहाजलाई अपरेशन डाइरेक्टर क्याप्टेन दिपुराज जुहारचन्दले उडाएका थिए ।
काठमाडौंबाट क्वालालम्पुर पुग्न साढे चार घण्टा लाग्छ । चाटर्ड उडानको लागतअनुसार प्रतिघण्टा उडान खर्च ७ हजार अमेरिकी डलर पर्छ । मलेसिया पुग्दा मात्रै निगमको उक्त जहाजको खर्च ३१ हजार पाँच सय डलर (३६ लाख ५४ हजार रुपैयाँ) भयो ।
निगम स्रोतका अनुसार उक्त आरए ४१५ जहाजले मलेसियाबाट फर्कंदा भने १२५ जना यात्रु बोकेर आज बुधबार काठमाडौं फर्केको छ ।
यसबारे निगमकी प्रवक्ता करिष्मा श्रेष्ठ सम्पर्कमा आउन चाहिनन् ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया