धादिङमा जेसीबी पुरिँदा चालकको मृत्यु

धादिङ- गंगाजमुना गाउँपालिका–५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर जेसीबी पुरिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जेसीबीका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरी छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।
जेसीबी पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया