आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

एन्फाले भन्यो-‘खेलाडीको स्वास्थ्यको विषयमा संवेदनशील छौं’

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आवद्ध खेलाडीको स्वास्थ्यको विषयमा सधैँ संवेदनशील रहेको बताएको छ ।

मंगलबार एन्फाले पत्रकार सम्मेलन गरेर मछिन्द्र क्लबका स्ट्राइकर मनिष डाँगी खेल दौरानमा विपक्षी खेलाडीसँग ठोकिएर घाइते भएसँगै सञ्चारमाध्ययमा आएका टिका टिप्पणीको खण्डन गर्दै एन्फाले लिगमा आवद्ध खेलाडीको विषयमा सधै संवेदनशील भएको बताएको हो । 

राष्ट्रिय टोलीका सदस्य र मच्छिन्द्र क्लबका स्ट्राइकर मनिषको स्वास्थ अवस्थाको जानकारीसमेत गराएको पत्रकार सम्मेलनमा एन्फाले सो विषयलाई स्पष्ट पारेको हो। एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिग सञ्चालनका लागि फिफाले तोकेका आवश्यक पूर्वाधार पूरा गरेर लिग चलाईरहेको बताएका हुन्।

मनिष डाँगी मैदान चोटग्रस्त भएपछि उब्जिएका प्रश्नमा एन्फाको मेडिकल टोलीले स्पष्टीकरण दिएको हो। एन्फाकी मेडिकल टोली सदस्य डा. नविना वैद्य श्रेष्ठले मनिष डाँगीको घटना र घटनापछि मैदानमा अपनाइएको उपचार क्रमलाई पत्रकार सम्मेलनमा बताएकी हुन्। नविनाका अनुसार डाँगीमा कुनै स्वास्थ समस्या नभएको र एससीएटी–५पछि मैदान फर्किने समय तोकिने बताइन्।