अवैध रूपमा बालुवा उत्खनन् गर्ने स्काभेटरसहित टिपर प्रहरी नियन्त्रणमा

जनकपुरधाम- धनुषा प्रहरीले अवैध रूपमा बालुवा गिट्टी उत्खनन् गरिरहेका स्काभेट सहित आधा दर्जन टिपर नियन्त्रणमा लिएकाे छ । जिल्लास्थित कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको अवस्थामा एक स्काईभेटर सहित आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।
गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खन्न गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट संयुक्तरूपमा खटेका प्रहरीले एक स्काभेटर र ७ वटा टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

प्रतिक्रिया