सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

नबिल बैंकको साधारणसभा सकियो, ३५ प्रतिशत लाभांश पारित

काठमाडौं : नबिल बैंकको ३६औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ३५ प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकको बोर्डमा अनन्तप्रसाद पौडेल र प्रविण तिव्रेवालालाई चयन गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले ३३.५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको १.७६ प्रतिशत नगद लाभांश पाउने छन् ।‍

साथै बैंकले साधारणसभामा लेखा परिक्षक नियुक्त गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिशनको लागि, वैदेशिक साझेदारीमा जानको लागि आवश्यक काम अघि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिएको छ ।