नेपाल बन्दका कारण लुम्बिनी प्रदेशको जनजीवन प्रभावित, बाँकेमा तीन जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

बुटवल - विप्लव नेतृत्वको नेकपासहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका कारण बिहानैबाट लुम्बिनी प्रदेशमा पनि पूर्ण प्रभाव परेको छ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विभिन्न जिल्लाका मुख्य बजारहरू पूर्णरूपमा बन्द रहेका छन् ।
लामो तथा छोटो दुरीका सवारी साधनहरू चल्न सकेका छैनन् । बन्दले रोकिएका सवारी साधन प्रहरीले स्कटिङ गर्दै गन्तव्यमा पुर्याइरहेका छन् । त्यस्तै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरूमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ ।
बन्दकर्ताहरूले पार्टीका झन्डासहित बजार परिक्रमा गरेका छन् । उता बाँकेको नेपालगन्जबाट तीनजना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जबर्जस्ती बन्द गराउदै हिडेको र सडकमा टायर बाल्न खोज्दै गरेको अवस्थामा नेपालगन्जको गणेशमान चोक नजिकबाट नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित प्रसाद (भगत सिंह) र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता वसन्त खत्रीलाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेले जानकारी दिए ।
एमसीसीको बिरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
यस्तै बाँकेको बैजनाथ गाउँपालिकामा सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडिमा तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बैजनाथ बनकटवा चोकमा बिहान साढे ५ बजेतिर बन्दकर्ताहरुले सो गाडिमा तोडफोड गरेका हुन् । बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाहका अनुसार सुदुरपश्चिम प्रदेश ०१—००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडीमा तोडफोड गरेको बताए ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया