प्रय्यांकको नाममा सर्वसाधरणलाई यातना दिने युवा पक्राउ

काठमाडौं - प्रय्यांकको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक यातना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाई छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सार्वजनिक स्थलहरूपमा मजाक, ख्यालठट्टा वा प्रय्यांक (मस्करी)को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरूमा उनी संलग्न भएको आरोप प्रहरीको छ । आकाशमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया