कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई देउवाको आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले कोभिड-१९ का संक्रमितको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले कोभिड-१९ को परिक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नु पर्ने भनी गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको बताएका छन् ।
'म नेपाल सरकार र प्रधानमन्त्रीलाई कोभिड-१९ को परिक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परिक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभावबिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु,' देउवाले विज्ञप्तिमा भनेका छन्, 'प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेका छन् । देशमा सर्वत्र त्रास छ । यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पिडा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड-१९ को परिक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।'
देउवाले सरकारको निर्णयले सरकार जनताकाप्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको बताएका छन् । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ सेवावाट बंन्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानुनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको भन्दै देउवाले विज्ञप्तिमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने नागरिकको संवैधानिक एवं कानुनी हकलाई नजरअन्दाज नगर्न सरकारलाई आग्रह गरेका छन् ।
'सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्बोच्च अदालतको पनि अपहेलना गरेको छ,' देउवाले विज्ञप्तिमा भनेका छन्, 'यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।'
कोभिड-१९ नियन्त्रणको सन्दर्भमा सरकार प्रारम्भ देखिनै गैरजिम्मेवार देखिएको देउवाको भनाइ छ । समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परिक्षण, क्वारेन्टाइन, आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई इज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण रहेको देउवाले विज्ञप्तिमा दाबी गरेका छन् ।
'हामीले समयमा दिएका सुझावलाई पनि सरकारले वास्ता गरेन । महामारीको भयावह अवस्था सृजना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार छ,' देउवाले भनेका छन्, 'देशमा कालाबजारी, महंगाई, मिसावट, कृतिम अभाव, भ्रष्टाचार र बेथिति उग्र रुपले प्रकट भएको छ । आर्थिक पारदर्शीता, अनुशासन र मितव्ययिता छैन । अनावश्यक काममा सरकारी ढुकुटी खर्च भएको छ । तर नागरिकको स्वास्थ्य बारे सरकार असंवेदनशील बनेको छ ।'
विषम परिस्थितिमा जनताको जीवननै कष्टकर भएको यथार्थ तर्फ सम्वेदनशील भइ जनताको हितमा काम गर्न देउवाले आग्रह गरेका छन् ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया