स्न्यापच्याटमा स्टोरीबाट पैसा कमाउन सकिने

काठमाडौँ - सोसल मेसेजिङ एप स्न्यापच्याटले स्टोरिजबाट समेत आम्दानी गर्न सकिने भएको छ । कम्पनीले स्टोरिजमा विज्ञापन राख्ने राखेर त्यसबाट कमाइ गर्न सकिने भएको हो ।
स्न्यापच्याटले अहिले ‘मिड-रोल’ विज्ञापन परीक्षण गरिरहेको जनाएको छ। हाल अमेरिकाका केही निश्चित सङ्ख्याका क्रियटरको स्टोरिजमा देखिने गरेको छ । विस्तारै यसलाई सबै प्रयोगकर्तासामु लैजाने स्न्यापच्याटले जनाएको छ। स्न्याप स्टारको स्टोरीमा विज्ञापन राखेपछि स्न्यापच्याटले त्यसबाट आउने आम्दानी क्रियटर र स्न्यापच्याटले बाँड्नेछन् तर कसले कति पाउँने भन्ने हालसम्म जानकारी दिइएको छैन् । आम्दानी बाँडफाँड एउटा निश्चित मापदण्डको आधारमा गरिनेछ ।
यसका लागि क्रियटरको अकाउन्टमा पोस्टको इंगेजमेन्ट र फ्रिक्वेन्सी मापन जस्ता प्रयोग गरिनेछ । यो फिचर स्न्याप स्टारका लागि मात्र उपलब्ध हुनेछ जसको प्रोफाइलमा क्रियटर तथा सार्वजनिक व्यक्तित्वको रुपमा ठूलो सङ्ख्यामा फलोअर छन्। त्यस्तै अकाउन्ट गोल्ड स्टारको संकेतमा भेरिफाइड भएका हुनुपर्नेछ । टिकटकले सबै प्लेटफर्मलाई उछिनेपछि फेसबुक तथा स्न्यापच्याट क्रियटरका लगायतले आम्दानीका विभिन्न उपायहरू थप्दै लगेको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया