कृषिको कार्यक्रममा तरकारी जोनका हाकिमको भ्रष्टाचार
आफ्नै कम्पनी खोलेर सरकारी पैसा हिनामिना

काठमाडौं : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवन परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) प्रमुख सोमनाथ घिमिरेले आफ्नै लगानीको निजी कम्पनीलाई योजना बाँडेर रकम हिनामिना गरेको खुलेको छ । जोनका सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरीकै मिलेमतोमा उनले भ्रष्टाचार गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुध्द काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको छ । कतिपय योजनामा उनले बिल पेश गरेर मात्रै कामै नगरी किर्ते गरी रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । घिमिरेले आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।
चितवनको पार्वतीपुरस्थित तरकारी जोनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्त हुने रकम लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको खातामा जानुपर्ने व्यवस्था छ । तर घिमिरेले सिधै नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिएको अनुसन्धानबाट खुलेको छ ।
आर्थिक वर्ष २०७३/०७४ को प्राविधिक शिक्षालयका नाममा प्राप्त हुने पाँच लाख रकमले लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको हाताभित्र निर्माण गर्नुपर्ने आधुनिक नर्सरी घर निर्माण सम्झौता भएको थियो । तर यो रकम लक्ष्मी माध्यामिक विद्यालय जगतपुरको खातामा नपठाई नारायणी एग्रो कम्पनीको नाममा निकासा गराएका छन् ।
उनले यो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी पाँच लाख रुपैयाँ मध्ये ८७ हजार पाँच सय २५ रुपैयाँको मात्र काम गरेका थिए । बाँकी रकमको झुठा बिल भरपाईको आधारमा भुक्तानी समेत चार लाख १२ हजार चार सय रुपैयाँ सरकारी रकम हानि नोक्सानी गरेको पुष्टि भएको अख्तियारले जानकारी दिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया