जिल्ला अध्यक्ष हुन नपाएपछि क्षेत्रीले छाडे एमाले
सिन्धुपाल्चोक –सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले पार्टी परित्याग गरेका छन् । एक विज्ञप्ति जारी गर्दे उनलेपार्टी परित्याग गरेको घोषणा गरेका हुन् । क्षेत्री नेकपा एमालेका वाग्मती प्रदेश कमिटी सदस्य हुन्। उनले भर्खरै सकिएको एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबीसमेत गरेका थिए।
क्षेत्री २०३८मा एमालेको विद्यार्थी संगठनमा आवद्ध भएका थिए । उनी विद्यार्थीको जिल्ला अध्यक्ष पनि भए । विद्यार्थीको अञ्चल कमिटी सदस्य हुँदै क्षेत्री पार्टीको नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्मा निर्वाचित भएका थिए ।
गएको अधिवेशनमा आफूले अध्यक्षमा दाबी गर्दा पनि नेतृत्व छनोट गर्ने अध्यक्ष मण्डलले कुनै सल्लाह नगरेको उनकाे आराेप छ । अध्यक्ष मण्डलले कमल नेपाललाई एमालेकाे जिल्ला अध्यक्ष बनाएकाे छ । माधव कुमार नेपाल एमालेमा रहँदा क्षत्री नेपाल निकट मानिन्थे । नेपालले पार्टी छाडेर एकीकृत समाजवादी पार्टी खाेलेका छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया