‘मास्टर’को बम्पर व्यापार, पहिलो दिन देशैभर हाउसफुल

मुम्बई : तमिल फिल्म ‘मास्टर’ हेर्न अपेक्षाभन्दा ज्यादा दर्शक आएको फिल्मको व्यापार विश्लेषकले बताएका छन् । तमिलनाडुको ठूलो फेस्टिभल ‘पोंगल’को अवसरमा रिलिज भएको फिल्म हेर्ने दर्शक बिहानदेखि नै हलमा आएको वितरकले जनाएका छन् ।
मुम्बईका हलमा बिहान ७ बजेको सो नै हाउसफुल भएको वितरकले बताएका छन् । मुम्बईका हल सञ्चालक भिषेक चौहानले गर्दै दर्शकको भिड रहेको फोटो तथा भिडियो ट्विट गर्दै ७ बजेको सो नै हाउसफुल भएको बताएका छन् । ‘बिहानको सो नै हाउसफुल छ । महामारीको समयमा पनि दर्शकले यसलाई ब्लकबस्टर बनाएका छन् । विजय लिडर हुन्,’ उनले ट्विट गरेका छन् ।
फिल्म समीक्षक तरन आदर्शले पनि ट्विट गर्दै बक्स अफिसमा सुनामी आएको बताएका छन् । ‘मास्टरले भयंकर ओपनिङ गरेको छ । दर्शकले खोजेको कुरा दियो भने उनीहरूले तपाईंलाई कहिलै निराश बनाउँदैनन्,’ उनले लेखेका छन्, ‘राम्रोसँग बनाएको मनोरञ्जक सिनेमा हलमा हेर्नुको मजा यत्तिकै हराउँदैन ।’
विजय सेतुपति र माल्विका मोहनन आदि कलाकारको अभिनय रहेको फिल्मको आइतबारदेखि नै टिकट खुल्ला गरिएको थियो । मंगलबार साँझसम्म १ हजारभन्दा बढी सोको टिकट पहिले नै बिक्रि भइसकेको थियो । ३८ सय पर्दामा रिलिज भएको फिल्म लागेको ठाउँमा हाउसफुल रहेको रिपोर्ट वितरकले दिएका छन् ।
‘ मास्टर’ महामारीपछि रिलिज भएको तमिलको ठूलो फिल्म हो ।

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_6mRlgE5nuZ_mzabpoyiblt9igbsjfvxcwdeyo5jhpttbbhstyvvbshq0lhz3qxfxqry8utx.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

प्रतिक्रिया