एमसीसीबारे सत्ता गठबन्धनको ‘निर्णायक’ बैठक आज
जसपा अध्यक्ष यादव उपस्थित नहुने

काठमाडौं – एमसीसी पास गर्ने/नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरूबीच मतभेद जारी रहेका बेला बिहीबार निर्णायक छलफल हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग बिहीबार निर्णायक छलफल गर्न लागेका हुन् ।
बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरूकै असहयोगपछि देउवाको एमसीसी जसरी नि टेबल गर्ने योजना सफल हुन सकेन ।
गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लागेका हुन् ।
एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ । बुधबार एमसीसीलाई प्रतिनिधि सभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत कांग्रेसलाई जसपाले साथ दिएन । उक्त बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो । बिहीबारको निर्णायक भनिएको बैठकमासमेत जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने भएका छन् ।
एमसीसीको पक्ष वा विपक्षमा मत राख्नु भन्दा सहभागी नहुनेतर्फ यादव अघि बढेका हुन् । उनी सिराहामा राखिएको पार्टीको एक सामान्य कार्यक्रममा आज सहभागी हुँदैछन् । महत्वपूर्ण बैठकमा उपस्थित हुनु पर्ने भए पनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए ।
'एमसीसीको जनताले बिरोध गरिरहेका छन्, चुनाव नजिकएको बेला राष्ट्रघातको अभियोग किन सहने' अध्यक्ष यादव निकट एक नेताले भने । बैठकमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई उपस्थित हुन सक्ने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया