वेस्ट इन्डिजविरुद्ध भारतलाई अग्रता
काठमाडौँ- घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा ६ विकेटको जित निकाल्दै शृंखलामा १-० को अग्रता बनाएको छ । बुधबार कोलकत्तामा १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो । भारतका कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा सूर्यकुमार यादवले अविजित ३४ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल बनायो । वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन, केली मेयर्सले ३१ रन तथा कप्तान केइरन पोलार्डले अविजित २४ रनको योगदान गरे ।
भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । दोस्रो खेल आज (बिहिबार) नै रहेको छ ।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया