आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

फेसबुक मुद्दा सुल्झाउन ९ करोड दिन सहमत

काठमाडौँ - अमेरिकी समाजिक सञ्जाल फेसबुकमाथि लागेको ९ करोड अमेरिकी डलरको अदालतमा विचाराधीन मुद्दामा राहत पाएको छ। फेसबुकले ९ करोड डलर तिर्न सहमत भएपछि मुद्दा सुल्झिएको हो । फेसुबकले गोपनीयतासम्बन्धी मुद्दा सुल्झाएको हो। यसवापत उसले सम्बन्धित पक्षलाई झन्डै ९ करोड डलर बुझाउन पर्नेछ ।यो मुद्दा झन्डै एक दशकदेखि  अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतमा चलिरहेको थियो । फेसबुकले प्रयोगकर्ताले लगआउट गरेपछि पनि मानिसहरुले इन्टरनेटको गतिविधि नियालिरहेको आरोपमा मुद्दा चलाइएको थियो।

सोमबार राति फेसबुक यो मुद्दा सुल्झाउन ९ करोड डलर बुझाउन सहमत भएको हो। यद्यपि यो सम्झौता कार्यान्वयनको लागि भने न्यायाधीशको अनुमति आवश्यक पर्छ। प्रयोगकर्ताले फेसबुकले निरन्तर अमेरिकाको स्थानीय गोपनीयताको कानुन उल्लंघन गर्दै आएको आरोप लगाउँदै आएका छन्। फेसबुकको यो मुद्दा सन् २०१७ मा खारेज गरिएपछि सन् २०२० को अप्रिलमा पुनः ब्यूँताइएको थियो।