निर्वाचन आयोगलाई ओलीको पत्र- असम्बन्धित पार्टी र व्यक्तिको निवेदन अभिलेखीकरण नगर्नू (पत्रसहित)

काठमाडौँ : नेकपा (ओली समूह) को अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई असम्बन्धित व्यक्ति वा पार्टीबाट पठाएको निवेदन अभिलेखीकरण नगर्न पत्राचार गरेका छन् । आयोगले पुस २३ मा पठाएको पत्रको जवाफमा नेकपा अध्यक्ष ओलीले आफू प्रथम अध्यक्ष रहेको र त्यही प्रमुख पदाधिकारीको हैसियतमा आफूले पठाएको विवरणमात्र सूचीकरण गर्न निर्वाचन आयोगलाई सुझाएका हुन् । ओली कामचलाउ सरकारका प्रधानमन्त्रीसमेत हुन् ।
ओलीले आफू नेतृत्व पार्टीले कुनै गैरसंवैधानिक काम नगरेको र त्यसमा अन्यले पठाएको विषय पार्टी अनुरुप नभएकाले यसमा नै केन्द्रित रहेर कार्य गर्न समेत आयोगलाई आग्रह गरेका छन् । ‘मैले पार्टी प्रमुखको हैसियतमा गरेको कार्य र पार्टीबाट भएका निर्णयहरू कानुनसम्मत् विधानको व्यवस्था अनुरुप तथा नेपालको संविधान अनुरुप भएको हुँदा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ बमोजिम अभिलेखीकरण गरिदिनु हुन अनुरोध छ,’ ओलीको पत्रमा उल्लेख छ ।
ओलीले ११ पृष्ठ लामो पत्र लेख्दै यसको वैधानिक अधिकार आफूमा रहेको समेत दाबी गरेका छन् । उनले आधिकारिक निर्णयमा हस्ताक्षर गर्ने अधिकार आफ्नो मात्र रहेको समेत उल्लेख गर्दै अन्यको हस्ताक्षर अनधिकृत भएको पत्रमा उल्लेख गरेका दिएका छन् ।
उनले पार्टी विभाजन नभएको भन्दै त्यसमा समेत ध्यान दिन आयोगलाई आग्रह गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुँदाको विषयमा समेत ध्यान राख्न आयोगलाई ओलीले आग्रह गरेका छन् । पुप्पकमल दाहाल र माधवकुमार नेपालको पत्रको कुनै औचित्य नभएको ओलीको पत्रमा उल्लेख छ ।

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छ : श्रमम…

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन् : प्रधानमन्त्री ओली

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

प्रतिक्रिया