संकटालाई पराजित गर्दा एनआरटी शीर्ष पाँचमा

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत ११औँ चरणको खेलमा संकटा क्लब न्युरोड टिम (एनआरटी) सँग १–० ले स्तब्ध बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएकाे खेलको २८औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल नै एनआरटीको जितमा निर्णायक बन्यो ।
सरोज तामाङले दिएको लामो क्रसलाई विनोङले उत्कृष्ट कन्ट्रोलसहित संकटाका दुई डिफेन्डरलाई पन्छाउँदै गोल गरेका थिए ।
जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीले चारमा जित, पाँचमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ ।
यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौँ स्थानमा झरेको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेका छ ।
आजनै दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ अन्तरले पराजित गर्दै रेलिगेसन डर अन्त्य गरेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया