झापा गोल्डकपको मस्कट, नारा र गीत सार्वजनिक

झापा - बिर्तामोडस्थित डोमालाल रङ्गशालामा हुँदै आएको ‘झापा गोल्ड कप’को पाँचौँ संस्करणका लागि मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ ।गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा हात्तीको छावाले फुटबल खेल्दै गरेको मस्कट झापा–११ फुटबल क्लबका संरक्षक जलकुमार गुरुङले सार्वजनिक गरेका थिए।
त्यस्तै गोल्डकपको नारा र गीतसमेत सार्वजनिक गरिएको छ । झापाको पहिचानको रुपमा स्थापित हुँदै गएको झापा गोल्डकपलाई थप व्यवस्थित गर्दै लैजाने क्रममा मस्कट, नारा र गीत बनाइएको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए।
मस्टक कलाकार पवन राजवंशीले बनाएका हुन्। गोल्ड कपको यस वर्षको नारा ‘हाम्रो गौरव, हाम्रो मान झापा गोल्ड कप हाम्रो सान’ तय गरिएको छ । गीतकार बसन्त थाम्सुहाङद्वारा रचित अफिसियल गीतमा डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ । यही फागुन २१ देखि बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सञ्चालन हुने गोल्डकपका लागि मैदान व्यवस्थापन, आर्थिक सङ्कलनलगायत काम भइरहेको आयोजक समितिले जनाएको छ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया