२४ घण्टामा २१ को मृत्यु, ३६३७ जना थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टाभित्र ३ हजार ६ सय ३७ नयाँ कोभिड– १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा यति संख्यामा संक्रमित थपिएको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ५ सय ५२ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा एक हजार २ सय ८३ भक्तपुरमा एक सय १२ र ललितपुरमा १ सय ५७ नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५ सय ९ जना पुगेको छ । जसमध्य ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेको र बाँकी संक्रमनमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३ सय १५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २१ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिडबाट मृत्यु हुनेको संख्या आठ सय १२ पुगेको छ । अहिले १३ हजार ३ सय ३९ जना कोभिड संक्रमितहरु संस्थागत र ३१ हजार ५ सय ३८ जना संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् । त्यस्तै, क्वारेन्टाइनमा बसिरहेका संक्रमितको संख्या तीन हजार ७ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया