एनसेलबाट कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले एनसेलबाट तत्काल आयकर नअसुल्न अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा चित्त नबुझेपछि एनसेलको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
बुधबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो । गत पुस १० मा पाँच वर्षअघिको आयकर बुझाउन भन्दै ठूला करदाता कार्यालयले एनसेललाई पत्र काटेको थियो । कार्यालयले करिब ६० अर्ब रुपैयाँ आयकर तिर्नुपर्ने दाबी गरेको छ । २०७२ को साउन १ देखि चैत २९ सम्मको आयकर निर्धारण गरेको थयो ।
रिटको अन्तिम किनारा नलागेसम्म कर निर्धारण कार्यान्वयन नगरी यथास्थितिमा राख्न उसले अन्तरिम आदेश मागेको थियो । ठूला करदाता कार्यालयबाट जारी भएको कर निर्धारणको सूचना र सो सूचना जारी गर्ने सम्बन्धमा भएका सबै निर्णयहरु बदर गर्न एनसेलको माग गरेको थियो छ । ठूला करदाता कार्यालयले २०७६ मंसिर १९ मा गरेको पुँजीगत लाभकर निर्धारण गरेको थियो । एनसेलले पुँजीगत लाभकर भुक्तानी गरिसकेको छ । आफूले सेयर कारोबारसम्बन्धी आयकर ऐन, २०५८ बमोजिमको कर दायित्व पूरा गरेको एनसेलको दाबी छ ।
ठूला करदाता कार्यालयले संसोधित कर निर्धारणको सूचना विगतमा सर्वोच्च अदालतको फैसला र आफैंले जारी गरेको कर चुक्ता प्रमाणपत्रहरूसँग बाझिन गएको एनसेलको भनाइ छ ।
एनसेलले रिट निवदेनमा भनेको छ, 'हालको विवाद विगतमा सर्वोच्च अदालतमा पेश भई पूर्ण इजलाशले दुईपटक फैसला गरी किनारा लगाई सकेको लामो विवादको एउटा अंश मात्रै हो ।'

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा

प्रतिक्रिया