बेलायत सरकारद्वारा नेपाललाई २१ लाख डोज कोभिडविरुद्धको खोप हस्तान्तरण

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो ।
भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया